आइतबार बेलायतमा राष्ट्रिय भित्रीवस्त्र दिवस अर्थात् अण्डर वेयर डे मनाइँदैछ । यो उपलक्ष्यमा भित्रीवस्त्रका डिजाइनहरुले विभिन्न प्रकारका कलात्मक तथा लोकले मन पराउने अण्डरवेयरका डिजाइनहरु तयार पारिरहेका छन् । यसैक्रममा डिजाइनरहरुले त्यस्ता विचित्रका तथा भिमकाय ब्रा तयार पारेका छन् जो हेर्दैमा आश्चर्य लाग्छ ।

यस्तै विचित्र ब्रा मध्येको सबैभन्दा चर्चित ब्रा हो जोली चिल्कटले तयार पारेको विश्वकै सबैभन्दा ठूलो ब्रा । ४२ के साइजको यो ब्रामा दुइवटा फुटबल अट्नसक्छन् । त्यसैले यो ब्रा को नाम नै वल्र्ड कप्स दिइएको छ ।

त्यस्तै अर्को विचित्रको ब्रा हो झोले ब्रा । रुकस्याक झोलाको रुपमा पिठ्युँमा बोक्ने खालको यो झोलामा घुमफिर गर्दा चाहिने आवश्यक सरसामाग्री बोकेर हिड्न सकिन्छ । त्यस्तै केरा बोकेर हिड्न मिल्ने अर्को ब्रा को डिजाइन पनि तयार पारिएको छ । यसलाई जिवनको झोला नाम दिइएको छ । यो झोले ब्रा बोकेर बजारमा किनमेल गर्न हिँडेमा फन्नी महसुस अवश्य हुनेछ ।

अर्को ब्रा हो खरभुजा ब्रा । यो ब्रा यतिठूलो छ की यसमा दुइवटा खरभुजा सिँगै राख्न मिल्छ । यदि यो ब्रा किन्नुभयो भने तपाइँलाई गर्मीको समयमा खरभुजा बोक्नको लागि कुनै झोला किन्नुपर्नेछैन ।

त्यस्तै अर्को विचित्रको ब्रा हो झुण्डाउने बाकस ब्रा । यो बास्केटमा तपाइँले फूल राखेर कसैलाई गिफ्ट दिन सक्नुहुन्छ । यदि तपाइँले यो बाक्से ब्रा मा फूल राखेर पि्रजेन्ट दिनुभयो भने तपाइँले आफ्नो साथीलाई एकैपटकमा दुइवटा उपहार दिएको ठहर्नेछ ।